Sunday, April 10, 2016

Kathmandu valley ma Gas company

Info:- Kathmandu valley ma Gas company haru le 1 week vitra ma sabai lai gas distribution garne chau vanera claim gareko cha... yo time ma 27 gas company haru le afno depot haru lai huge distribution garne vayeko cha..
Let's hope for positive result 

Wednesday, March 2, 2016

Get rid of white hair in young age with some natural treatments

Lately people have white hair without reaching the suitable age to have white hair. People are having white hear in young age in today’s busy and unhealthy lifestyle. Many hair colour products can be seen in the market as major to turn the white hair into the black but solution to this problem is not only the coloring the hair. Instead of using chemical in the hair there are some home treatments that can be done in home and bring back the color of hair to its natural state. So here are some of those treatments you can do it in home.





चरा ठोकिएर पनि गोमा एअरको विमान दुर्घटनाबाट जोगियो,See more at:- wwwramji.blogspot.com.np

चरा ठोकिएर पनि गोमा एअरको विमान दुर्घटनाबाट जोगियो,See more at:-
wwwramji.blogspot.com.np



काठमाडौँ, १९ फागुन । काठमाडौँबाट लुक्लाका लागि उडेको गोमा एअरको कल साइन ९ एन–एकेजेड विमानमा चरा ठोकिए पनि दुर्घटना हुनबाट जोगिएको छ ।
आज बिहान ८ः४६ मिनेटमा लुक्लाका लागि उडेकोे विमानमा चरा ठोकिएको र तत्काल विमान आकस्मिकरुपमा अवतरण गरेपछि दुर्घटना हुनबाट जोगिएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।
“विमान उड्ने बित्तिकै चरा पखेटामा ठोकियो, ठोकिने बित्तिकै विमान आकस्मिक रुपमा अवरतण गरियो, त्यसले गर्दा चालक र यात्रु सबै जोगिन सफल भए”–महाप्रबन्धक उपाध्यायले भन्नुभयो ।
विमानमा चालक दलसहित नौजना यात्रु रहेका थिए । ती सबै सकुशल रहेका छन् । विमानको पखेटामा क्षति भएकाले त्यसको मर्मतका लागि केही दिन लाग्नेसमेत उहाँले जानकारी दिनुभयो ।
Tribhuvan University published 
results of 4 years BBS second year. View results online in
 tu.edusanjal.com

Sunday, February 28, 2016

आयल निगममा बोनस नबाँड्न मन्त्रीको अर्को निर्देशन
काठमाडौं– आपूर्ति मन्त्री गणेशमान पुनले नेपाल आयल निगमका कर्मचारीलाई बोनस नबाँड्न अर्को निर्देशन दिएका छन् । आयल निगमका निमित्त प्रमुख तथा नायव कार्यकारी निर्देशक शुशिल भट्टराईलाई टेलिफोन गरी तत्काल बोनसको प्रकृया रोक्न निर्देशन दिएका हुन् ।
ganeshmanबोनस लिन आयल निगमका कर्मचारीले प्रकृया शुरु गरेको समाचार आएपछि मन्त्रीले निगमसंग यसबारे जानकारी लिँदै बोनस बाँड्ने प्रकृया अगाडी नबढाउन निर्देशन दिएका हुन् । आयल निगमको वार्षिक उत्सवको समयमा पनि बोनस बाँड्ने कुरा आएपछि मन्त्रीले बोनस नबाँड्न निर्देशन दिएका थिए । ‘यो आपूर्ति असहज भएको अवस्थामा बोनस लिनु उपयुक्त हुँदैन भनेर पहिला पनि निर्देशन दिएको हो, तर अहिले फेरी समाचार आयो’ मन्त्री पुनले भने ‘त्यसैले यो तत्काल रोक्नका लागि निर्देशन दिएको हो ।’
मन्त्री पुनले निगमलाई बोनस लिने प्रकृया शुरु गरेको भनेर सञ्चारमाध्यममा आएको समाचारको विषयमा पनि स्पष्ट पार्न निर्देशन दिएका छन् । सरकारको निर्देशन नमानेर बोनस बाँड्न प्रमुख राजनीतिक दल निकटका कर्मचारीहरु लागि परेको भन्ने कुरा सार्वजनिक भएकोले यस विषयमा तुरुन्त सार्वजनिक रुपमा स्पष्ट पार्न मन्त्रीले निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशन पछि बोनसको विषयमा प्रष्ट पारेर निगमले आज प्रेस विज्ञप्ती निकाल्न लागेको निगम श्रोतले बताएको छ ।
सरकारको ऋण तिर्न नसकेको आयल निगममा कर्मचारीको बोनस खाने विषय पहिला देखि नै विबादित हुँदै आएको छ । आर्थिक वर्ष २०६५÷६६मा झन्डै पाँच अर्ब नाफामा जाँदा निगमले एक करोड ७१ लाख ५८ हजार चार सय पाँच रुपैयाँ बोनस बाँड्ने निर्णय गरेपनि संञ्चित नोक्सानी भएको सरकारी संस्थाले बोनस बाँड्न नपाउने निर्णय अर्थमन्त्रालयले गरेपछि रोकिएको थियो । तर सरकारको निर्देशन नमानेर कर्मचारीको दबाबमा दुई वर्षअघि निगमले बोनस बाँडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहितका २० जना कर्मचारीलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो । पछि कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए ।
यसपटक पनि अन्तराष्ट्रिय बजारमा घटेअनुसार तेलको मूल्य समायोजन नगरेको र सरकारलाई १२ अर्व ऋण तिर्न बाँकी रहेको बेला निगमका कर्मचारीले बोनस खाने तयारी गरेका हुन् ।
निगमका नायव कार्यकारी निर्देश भट्टराईले भने आफूहरुले गएको पुसमै बोनस नखाने निर्णय गरेकोले सञ्चार माध्यममा आएको कुरा जायज नभएको बताए । ‘सरकारको निर्देशन पछि हामीले गएको पुसको अन्तिमसाता नै बोनस नखाने भनेर निर्णय गरीसकेका छौँ ।’ उनले भने ।


                                 ओस्कारमा प्रियंका र गागाले लगाइन् ८८ करोडको गहना







ओस्कार भन्ने बित्तिकै धेरैको आँखा स्टारहरुको ग्ल्यामरस पहिरनमा जान्छ । तर, यसपटक त्यसलाई गायिका तथा नायिका लेडी गागा र बलिउडबाट हलिउडमा प्रवेश गरेकी प्रियंका चोपडाको गहनाले ओझेल पारेको छ । ८८ औं एकाडेमी अवार्डको रेड कार्पेटमा दुवै स्टारहरुले लाएका गहना यति बहुमुल्य थियो, त्यसलाई किन्ने पैसाले एउटा सानो गाउँ नै किन्न सकिन्थ्यो । सँधै क्लासिक हलिउड ग्ल्यामर अवतारमा देखिने २९ वर्षीया गागा यसपटक पनि मार्लिन मोनरो स्टाइलमा देखिएकी थिइन् । यद्यपि, यसपटक उनको पहिरनभन्दा पनि उनको ८ मिलियन डलर (लगभग नेपाली ८८ करोड) रुपैयाँ बराबरको कानको गहाना आकर्षणको केन्द्र रह्यो । लोरेन स्वार्ज को ९० क्यारेटको हिरा पहिरिएर उनी रेड कार्पेटमा देखिएकी थिइन् । उनले आफ्नो हुने वाला पतिले दिएको मुटु आकारको औंठी पनि लागएकी थिइन् । पूर्व मिस वल्र्ड ३३ वर्षीया प्रियंकाले पनि लोरेन स्वार्जकै हिराको गहना लगाएकी थिइन् । उनको ५० क्यारेटको हिराको कानको झुम्का ३.२ मिलियन डलर रहेको थियो भने १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको र ८ क्यारेटको अर्को औंठीको ३ लाख अमेरिकी डलरको रहेको थियो । उनको अर्को २२ क्यारेटको एक औंठी ३.४ मिलियन डलरको रहेको थियो । -
लियोनार्डोले जिते ओस्कर, ‘स्पटलाइट’ उत्कृष्ट फिल्म